८ असार/अर्थ र व्यापार – ग्लोबल आईएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई सो हज यात्राका लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।
यस बैंकले हजयात्रीहरुको सुविधाका लागि ठमेल, कान्तिपथ, तीनकुने र सिनामंगल शाखा कार्यालयहरूबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
यसैगरि, हजयात्रीहरुलाई आफुलाई आवस्यक मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत आग्रह गरिएको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया