मुक्तिनाथ विकास बैंक र पर्वातारोही शेर्पाबीच सम्झौता
२ असार/अर्थ र व्यापार – मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच सम्झौता भएको छ । सोही सम्झौता अनुसार बैंकले पर्वातारोही शेर्पा मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसर नियुक्त गरेको छ । मुक्तिनाथ विकास बैंक र पर्वातारोही शेर्पाबीच बुधबार सो सम्झौता भएको हो ।
बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवद्रधन तथा संस्थागत मामिला विभाग प्रमुख वसन्त बक्शी र शेपाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।शेर्पा एक सफल पर्वातारोही हुन् । तीन पटक सगरमाथा आरोहण गरेका उनले सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेटमा सगरमाथा आरोहण गर्ने गिनिज रेकर्ड होल्डर पनि हुन् ।
यसैगरि, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
तपाईको प्रतिक्रिया