१० जेठ / अर्थ र व्यापार- सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित होटेल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र होटल शाराका कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटल शारामा खाना, साउना, स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३२ एटीएमका बैंकिङ सेवा प्रदान गर्नुका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जनाएको छ ।
तपाईको प्रतिक्रिया