logo

नेपाल वेयर हाउजिङमा निफ्राले ग¥यो ५ करोड लगानी

    1025   पटक पढिएको

१६ बैशाख/अर्थ र व्यापार– नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल वेयर हाउजिङको सेयर खरिद गर्ने भएको छ । निफ्रा र नेपाल वेयर हाउजिङबीच सेयर लगानीबारे सम्झौता भएको हो । सम्झौता अनुसार निफ्राले नेपाल वेयर हाउजिङको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता साधारण सेयर खरिद गर्ने भएको हो । सो सम्झौतामा निफ्राका नायब महाप्रवन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयर हाउजिङका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरे ।
वेयर हाउजिङ कम्पनीको कुल पुँजी ६८ करोड ५० लाख रुपैयाँ छ । जसमध्ये निफ्राले ७.२७ प्रतिशत लगानी गर्न लागेको हो । कम्पनीले कुल जारी पुँजीमध्ये ८० प्रतिशत अर्थात ५५ करोड रुपैयाँ बराबरको ५५ लाख कित्तासेयर निफ्रासहित विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूलाई बिक्री गरेको छ ।
बाँकी २० प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणलाई आइपीओ मार्फत बिक्री गरिने कम्पनीले जनाएको छ । खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्ने उद्देश्यका साथ नेपाल वेयर हाउजिङको स्थापना भएको हो ।
यसैगरि, सो कम्पनीले सुनसरी, पर्सा र कपिलवस्तु जिल्लामा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा सुनसरी इकाई कार्यालयबाट अन्न भण्डारण सेवा सञ्चालनमा सुरु गरिसकेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।