१६ बैशाख/अर्थ र व्यापार– नबिल बैंकले एकैदिन १४ नयाँ शाखाको उद्घाटन गरेको छ । उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ ।
बैंकले धुम्बाराही मालीगाउँ, जीतपुर बारा, दुवाकोट, गुसिंगाल, इमाडोल, थलि डाँछी, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो ।
बैंकले १८८ एटीएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया