logo

नयाँ वर्षमा एनआईसी एशिया बैंकले ल्यायो अफरै–अफर

    1129   पटक पढिएको

२९ चैत/अर्थ र व्यापार – एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत दराजबाट यहि २८ चैत २८ देखि आगामी ७ वैशाख, सस्तो डिलबाट यहि २९ चैतदेखि आगामी ३ वैशाखसम्म र ग्यापुबाट २५ चैतदेखि आगामी २ वैशाखसम्म सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुने सो बैंकले जनाएको छ ।

त्यसैगरी सीजी एलजी डिजिटलबाट ३० चैतका दिन २०,००० रुपैयाँ भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकहरूले पीओएस तथा ई–कमर्स मार्फत भुक्तानी गर्दा २०७९ रुपैयाँ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ ।
देशमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला ई–कमर्स कम्पनीहरूबाट सामग्री खरिद गर्दा बैंकले छुटको व्यवस्था गरेको हो । यस बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।
साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै एनआईसी एसिया मोबैंकमार्फत यहि ३० चैतका दिन क्यूआर भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत वा १०० रुपैयाँ नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ ।
जसमा एक जना ग्राहक महानुभावले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ । साथै, सोही दिन क्यूआर भुक्तानी गर्ने र क्यूआर भुक्तानी लिने १०–१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोही क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।