logo

बैंक /वित्तीय संस्थाले बैशाख महिनामा पनि ब्याजदर नबढाउने

    1194   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाले आगामी बैंशाख महिनामा पनि ब्याजदर नबढाउने भएका छन् । बैंक÷वित्तीय संस्थाका छाता संस्था बैंकर संघ र विकास बैंक संघ लगायतहरुले आइतबार यस्तो निर्णय गर्दै आगामी बैशाख महिनामा पनि चैत कै ब्याजदरलाई निरन्तरता दिने सहमती गरेका हुन् ।
बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतबार सम्पन्न बैंठकले आगामी महिनाका लागि पनि ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो । हाल कायम रहेको मुद्दती निक्षेपको उच्चतम ब्याजदर ११.०३ प्रतिशत बैंशाख महिनाका लागि पनि कायम गर्ने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले जानकारी दिए ।
ब्याजदर बढाएर पनि नयाँ निक्षेप नआउने भएकाले परिवर्तन नगर्ने निर्णय भएको जानकारि गराउँदै केसीले भने, ‘बढाउने नबढाउने विषयमा अन्य सहभागिहरुले पनि केही नभनेपछि स्थिर राख्ने निर्णयमा सबै सहमत भएको हो ।’
बैंकर्स संघले ब्याजदर नवढाउने निर्णय गरेपछि विकास बैंकर्स संघले पनि ब्याजदर नवढाउने भएको छ । विकास बैंकहरुले पनि बैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११.५५ प्रतिशत नै कायम गर्ने बताउदै डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्यूमन पाख्रेलले भने,‘बाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएपछि विकास बैंकहरुको पनि बढ्दैन ।’
यसैगरी, फाइनान्स कम्पनीहरुले पनि आगामी महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बाणिज्य तथा विकास बैंकले ब्याजदर नबढाएपछि फाइनान्स कम्पनीले पनि नबढाउने नै निर्णय हुने एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । फाइनान्स कम्पनीहरुले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर चैत महिनाकै ११.७१ प्रतिशतलाइ निरन्तरता दिएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।