logo

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

    1331   पटक पढिएको

२२ चैत /अर्थ र व्यापार– कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । बैंकले मिति २०७८ साल चैत्र २१ गते सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैँक हुन सफल भएकोे छ ।
बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको समुद्घाटन गरि सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
विकास बैंकहरुको माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहकहरुको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुदा नै कामना सेवा उत्कृष्टमध्य एक विकास बैंक बनेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।
पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ १ हजार अथवा जम्मा डेबिट रकमको १० प्रतिशत सम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रूपैयाँ १५ हजार देखि ५ लाख सम्म पाउने र नेपाल लगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु यस कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।