२२ चैत/अर्थ र व्यापार – महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकले सर्टिङ, सुटिङका साथै अन्य विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले प्रदेश १ मा ५, प्रदेश २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तबरले प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया