१६ चैत/अर्थ र व्यापार – गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्यूटको ५१ प्रतिशत सेयर खरिद गरेको छ । यो खरिद प्रक्रियासँगै अब गरिमा विकास बैंकको ५१.२० प्रतिशत शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ ।
योसँगै केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने छ । २०७८ सालको असारमा केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबिच गरिमा विकास बैंक लिमिटेडद्वारा केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी÷स्वामित्व खरिद गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सोही अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयल केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडबाट नाम परिर्वतन गरी परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरेको हो। गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
तपाईको प्रतिक्रिया