९ चैत/अर्थ र व्यापार – गरिमा बैंक र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता भएको छ । नेपाल पेमेन्ट सोलुसनले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै गरिमा विकाससँग सम्झौता गरेको हो ।
नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट म्यानेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र कमलप्रसाद अर्याल आइटी प्रमुखले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।
नेपाल पेमेन्ट सोलुसनले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रिगेटर हो ।
जसले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरु, पीएसपीहरु रेमिट्यान्स कम्पनीहरु र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्छ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको छ ।
तपाईको प्रतिक्रिया