logo

एनएमबी बैंकले दियो मधेस प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा

    1198   पटक पढिएको

८ चैत/अर्थ र व्यापार – एनएमबी बैंकले मधेस प्रदेशका १ सय ५६ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले प्रदेश– २ मा कलैया र गोलबजार शाखाबाट हालसम्म १ सय ५६ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।
बैंकले उखु किसानलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो । सम्झौता अनुसार सो चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहन गर्दै किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको एनएमबीले जनाएको छ ।
यसैगरि, बैंकले सुगर मिल्ससँग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोगहरु पनि गर्दै आएको छ । कर्जा प्रवाह भएपछि हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानको जीवनस्तर परिवर्तन भएको र किसानले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको बैंकले जनाएको छ ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबीका हाल देशभरि २ सय १ शाखा, १ सय ३९ एटीएम, १० एक्सटेन्सन काउन्टरहरू छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।