२ चैत/अर्थ र व्यापार – अब एनएमबी बैंकले भिडियो कलमा आधारित खाता खोल्न सकिने सुविधा ल्याएको छ । देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ ।
एनएमबी बैंक नेपाली बैंकिङ जगतमै डिजिटल रुपमा खाता खोल्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने जनाएको छ ।
‘एनएमबी बैंकले ग्राहकहरूका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआइकनै बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्छन् ।
हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्छ । सो बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङ प्रतिपूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपूर्ति गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया