११ फागुन/अर्थ र व्यापार– गरिमा विकास बैंकका ग्राहकहरुले गोल्डस्टार जुत्ता खरिदमा विद्युतीय भुक्तानी गर्दा १५ प्रतिशत छुट अफर पाउने भएका छन् ।
गोल्डस्टारको जुत्ता खरिद गर्दा गरिमा स्मार्टबाट भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत छुट पाउने सो बैंकले जनाएको छ । यस्तो छुट योजना गोल्डस्टारको आधिकारिक इ–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुने बताइएको छ ।
अफलाइन स्टोरबाट जुत्ता खरिद गर्दा यो अफर लागू नहुने सो बैंकले जनाएको छ । यस बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया