८फागुन/अर्थ र व्यापार – ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत खोटाङ र सिन्धुलीको स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ ।
बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत खोटाङको चिउरीडाँडा स्वास्थ्य चौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्र नेपालमै बनाएको बेबी वार्मर प्रदान गरेको हो । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको जनाएको छ । ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया