५ फागुन/अर्थ र व्यापार – लुम्बिनी विकास बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक सेयरधनी चिनपाल रौनियारको नाममा रहेको उक्त सेयर बिक्री गर्ने जानकारी गराएको हो । सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका हाल कायम रहेका संस्थापकहरूले विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन पनि बैंकले अनुरोध गरेको छ । तोकिएको समय अवधिमा सेयर खरिद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य व्याक्ति संघ संस्थालाई बिक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया