११ माघ /अर्थ र व्यापार– ज्योति विकास बैंकको अध्यक्षमा पुनः हरिचन्द्र खड्का नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा पुनः चयन गरेको हो ।
खड्का बैंकको संस्थापक सेयरधनी हुन् । ज्योति विकास बैंकका संचालक अध्यक्ष हरि प्रसादले अध्यक्ष पदबाट राजिनामा दिए पछि पुनः खड्कालाई सर्वसम्मत रुपमा नियुक्त गर्ने निणर्य गरिएको हो । यसअघिका अध्यक्ष हरिप्रसाद भन्दा अघिसम्म पनि खड्का सो बैंकका अध्यक्ष नै थिए ।
तपाईको प्रतिक्रिया