logo

वाणिज्य बैंकहरु निक्षेप संकलन र कर्जा लगानीमा आक्रामक,एक सातामै १७ अर्ब निक्षेप ३५ अर्ब रुपैयाँ कर्जा 

    1115   पटक पढिएको

४ माघ /अर्थ र व्यापार – पछिल्लो केही दिनयता वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा लगानी दुवैमा आक्रामक देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको एक सातको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 
हाल मुलुकभर सञ्चालित विभिन्न २७ वटा वाणिज्य बैंकहरुले गत २३ देखि ३० पुससम्मको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन्।
संघका अनुसार गत २३ देखि ३० पुसको एक साताको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सो अवधिमा ३५ अर्ब कर्जा प्रवाह भएको संघले जनाएको छ ।
यसअघि गत २ पुससम्म वाणिज्य बैंकहरुको निक्षेप घटेर जम्मा ४२ खर्ब ३९ अर्ब रुपैयाँ मात्र थियो । त्यस्तो निक्षेप गत ३०पुससम्मको एक साताको अवधीमा ह्वात्तै बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । 
यि सबै जोडेर पुस महिनाको कुल २८ दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलनतर्फ ८५ अर्ब रुपैयाँले वृद्धि गर्न सफल भएका छन । यसैगरि सो अवधीमा  कर्जा प्रवाह तर्फ भने ७८ अर्ब रुपैयाँले बढाउन सफल भएको संघले जानकारि दिएको छ । यसअघि गत २ पुसमा ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह विस्तारै बढेर गत ३० पुससम्म आइपुग्दा कुल ४१ खर्ब ६३ अर्ब रुपैयाँ भएको संघले जनाएको छ । 
हाल बैंकहरुमा देखिएको यो निक्षेप संकलन र कर्जा प्रवाहको अवस्थालाई हेदा अब गत पुसको पहिलो साताअघिसम्म बाहिर हल्लाह फैलिए जस्तो मुलुककम बैंकिङ तरलताको अवस्था नरहेको सम्बन्धीत सरोकारवालाहरु एवं बैंकर्सहरुको दावी छ । उनीहरुले यसलाई सकारात्मक भएको बताएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।