२८ पुस/अर्थ र व्यापार– माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुन् ।
बैंकले बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरेको हो । बैंकले सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङमार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ ।
यस्तै, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाखभन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको बैंकले जानकारी दिएको छ । यसैगरी, बैंकको देशभर २०० वटा एटीएमहरु संचालनमा छन् ।
तपाईको प्रतिक्रिया