१६ पुस/अर्थ र व्यापार– इजीलिंक रेमिट्यान्स प्रालि र कृषि विकास बैंकवीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा कृषि विकास बैंकका प्रमुख संचालन अधिकृत यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख अजयकुमार रिमाल र इजीलिंक रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौंता पश्चात अव कृषि विकास बैंक लिमिटेड एडिविएल रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम इजीलिंक रेमिट्यान्सको नेपाल भरि छरिएर रहेका सात हजार भन्दा धेरै एजेन्टहरुमार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ ।
छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।
तपाईको प्रतिक्रिया