१६ पुस/अर्थ र व्यापार–स्ट्यान्डर्ड चार्टर्ड बैंकले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकले शनिबारदेखि लागु हुनेगरी उनलाई डेपुटी सीईओको जिम्मेवारी दिएको हो । राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ करियरको अनुभव छ ।
उनी सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङमा सामेल भएका थिए र सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरेका हुन् । उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज लगायत सम्मका विभिन्न पदमा काम गरेका छन् । उनको अन्तिम नियुक्ति ग्लोबल बैंकिङको प्रमुखको रूपमा भएको छ ।
तपाईको प्रतिक्रिया