logo

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन: ह्याकिङको सानोतिनो धम्कीले डराउनु पर्दैन, सतर्क रहनु

    924   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार कुमारी बैंकको सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्किपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले ह्याकरहरुको सानोतिनो धम्कीले डराउनु नपर्ने अवस्था भएपनि सतर्क भने रहनु पर्ने बताए । ‘अहिले सानोतिनो धम्किबाट हामी डराउनु पर्ने अवस्था छैन, ह्याकरले थर्काकाउने मात्रै हो, केही गर्न सक्दैन, ढुक्क भए हुन्छ, हाम्रो प्रविधि बलियो छ ,थकाउनेले थर्काउँदै गर्छन्, हिजोको दिनमा राष्ट्र बैंकलाई पनि धम्की आएकै हो,’ सह–प्रवक्ता पोखरेलले भने ।
उनका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिँदै आएको छ । ‘हामीले यसअघि पनि दिँदै आएका थियौं, यो घटना पछि सतर्क रहन भनेका छौं,’ उनले भने । बिहीबार कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा तरंग मच्चिएको थियो । 
यसअघि गत साउनमा नेपाली १५ बैंकहरुलाई ह्याकरको धम्की आएको थियो । त्यतिखेर नेपालका बैंकहरु ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी दिइएको थियो । सो घटनापछि कुमारी बैंकलाई धम्कि आएको हो ।
कुमारी बैंकले ह्याकरको धम्कि आएपछि बिहीबार दिनभर आफ्नो सिस्टम नै बन्द गरेको थियो । दिनभर सिस्टमलाई चेक गरेपछि साँझ मात्रै बैंकले सिस्टम खुला गरेको थियो । कुमारी बैंकलाई धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।