logo

कुमारी बैंकलाई ह्याकरको धम्की आएपछि बैंक तथा वित्तीय संस्थामा खैलाबैला, केहि समयकालागि रोकिएको सिस्टम खुला गरिँदै

    1018   पटक पढिएको

१५ पुस/अर्थ र व्यापार – कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा खैलाबैला मच्चिएको छ । गत साउनमा नेपाली १५ बैंकहरुलाई आएको धम्कीपछि बिहीबार पुनः कुमारी बैंकको सबै सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्की आएको हो । ह्याकारको यस्तो धम्कीपछि अहिले बैंक तथा वित्तीय संस्थामा खैलाबैला र्नै मच्चिएको छ । 
कुमारी बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बिहीबार बिहानै साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनी सहितको धम्की आएको बताए । ‘बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएको थियो, त्यो इमेल आए लगत्तै हामीले सबै सिस्टम बन्द गरेर हेर्यौं, तर, कुनै पनि समस्या छैन’ तिमिल्सिनाले भने ।
कार्यबहाक सिईओ तिमिल्सिनाका अनुसार अब केही समयपछि सिष्टम सञ्चालनमा ल्याउने तयारी छ । धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पनि यो विषय बारे सबै बैंकहरुलाई जानकारी गराएको र सतर्क रहन आग्रह गरिएको बताए । गत साउनमा नेपालका बैंकहरु ह्याक हुँदै गरेको भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी दिइएको थियो । सो घटनापछि नेपाली बैंक तथा वित्तीय संस्थाहरु धेरै सजक बनेका थिए भने राष्ट्र बैंकले पनि सतर्कता अपनाउन निर्देशन दिएको थियो । सो इमेलमा नेपालका १५ वटा बैंकका शाखा कार्यालय र सेवा ४८ घण्टाका लागि बन्द गर्न भनिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।