logo

सप्तकोशी डेभलपमेन्ट बैंकका सिइओ सुवेदीसहित तीनजना पक्राउ 

यसरी भएको थियो १६ करोड बढीको घोटाला 

    1262   पटक पढिएको

१५ पुस/अर्थ र व्यापार – रेमिट्यान्सको १६ करोडभन्दा बढी घोटाला भएको सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले बुधबार साँझ ५ बजे सुवेदीसहित बैंकमा कार्यरत तीन जनालाई कार्यालयबाटै पक्राउ गरेको हो। 
सो बैंकका सिइओ सुवेदीसहित पक्राउ पर्नेमा बैंकका वित्तीय प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगर पनि छन् । प्रहरीले यसअघि १९ मंसिरमा बैंकका जुनियर अफिसर हिमाल भट्टराईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । हिमाल सहित पक्राउ पर्नेमा ४ जना पुगेका छन् ।
नेपाल राष्ट्र बैंकमा परेको बेनामे उजुरीका आधारमा सप्तकोशीको प्रकरणलाई राष्ट्र बैंक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)–ले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन् ।  प्रहरीले चारै अभियुक्त उपर शुक्रबार उच्च अदालत विराटनगरमा म्याद थप गराएर बैंकिङ कसुर मुद्दा चलाउने भएको छ । यसअघि पक्राउ परेका हिमाललाई हालसम्म अभद्र व्यवहार अन्तर्गत म्याद थपिएको छ ।
बैंक स्रोतका अनुसार सिइओ सुवेदीसमेतका संलग्नतामा बैंकको रेमिटयान्स खाताको रकम हिनामिना गरिएको छ । सप्तकोशी बैंकले आफ्नो रेमिटयान्स खाता प्राइम कमर्सियल बैंकमा खोलेको छ । जसअनुसार विदेशमा रहेका नेपाली नागरिकले सप्तकोशी बैंकबाट भुक्तानी पाउने गरी पठाएको रेमिटयान्स रकम प्राइम कमर्सियलमा जम्मा हुने गर्छ । 
त्यसको सूचना डिजिटल सिस्टमबाट सप्तकोशीमा आइपुग्छ । सिइओ सुवेदी सहितका अभियुक्तले प्राइम कमर्सियल बैंकमा जम्मा भएको रकम डिजिटल सिस्टमबाट तानेर दुरुपयोग गरेको बैंक स्रोतको दाबी छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।