१४ पुस/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको ११ पुसमा बसेको सञ्चालक समितिको बैठकले बैंकको विशेष साधारण सभा बोलाएको हो ।
सभाले हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । यी दुई बैंकविच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रलाई सो साधारण सभाले अन्तिम रुप दिनेछ । यी दुई बैंक एक बराबर एक शेयर आदान प्रदान गर्नेगरी मर्जरमा जान लागेका हुन ।
विशेष साधारण सभाले मर्जर प्रक्रिया सम्पन्न गर्नकालागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्ने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया