logo

ग्लोबल आईएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर 

    1056   पटक पढिएको

१४ पुस /अर्थ र व्यापार – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरूप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । 
गत १२ देखि आगामी १७ पुससम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्ने जनाएको छ । सो स्वास्थ्य शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण, औषधि वितरण तथा भीआईए जाँच लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । 
नेपाल परिवार नियोजन संघसंगको समन्वयमा हुने कार्यक्रम अन्तर्गत, कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्य चौकी, बराहताल, सुर्खेतमा गत १२ पुसमा, प्रदेश १ को देवानगन्ज स्वास्थ्य चौकी, देवानगन्ज, सुनसरीमा १४ पुसमा, प्रदेश २ को प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा १५ पुसमा, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ, रोल्पामा १६ पुसमा र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्य चौकी, दोगडाकेदार, बैतडीमा आगामी १६ पुसमा, बागमती प्रदेशको पारच्याङ स्वास्थ्य चौकी, नौकुण्ड रसुवामा आगामी १७ पुसमा र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाइ भवन, दोर्दी, लमजुङमा पनि १७ पुसमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने छन् ।
यसअघि बैंकले महिलालाई आर्थिक रूपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्दती बचत खाता सञ्चालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत महिलालाई शारीरिक रूपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ । 
स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरूका निम्ति प्रभावकारी हुने र महिलामा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको सो बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।