१२ पुस/अर्थ र व्यापार– पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलतासँगै पुसको दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ ।
नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ भने कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ । पुस महिनाको पहिलो सातासम्ममा निक्षेप २ अर्ब र कर्जा १ अर्ब रुपैयाँले बढेको थियो ।
यसैगरि, वाणिज्य बैंकहरुको कर्जा लगानी मंसिरको तुलनामा ५० अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी गत महिना (कात्तिक) को तुलनामा ५० अर्ब रुपैयाँले बढेको हो ।
कर्जा लगानी ५० अर्ब रुपैयाले बढेर ४० खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । गत महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी ४० खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो ।
यस्तै, कर्जा लगानी ५० अर्ब रुपैयाँ बढ्दा बैंकहरुको निक्षेप संकलन भने ४ अर्ब रुपैयाँ मात्रै बढेको छ । गत महिना ४२ खर्ब ३३ अर्ब रुपैयाँ रहेको बैंक्को निक्षेप मंसिरमा ४२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया