१२ पुस/अर्थ र व्यापार– नेपाल बंगलादेश बैंकको सिनियर डेपुटी सीईओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।
पाण्डेलाई सञ्चालक समितिको गत ८ पुसमा बसेको बैठकले सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । अब उनी आगामी १ माघदेखि लागुहुने गरी बैंकको सिनियर डेपुटी सीईओ रहनेछन् । उनी हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत छन् । यसैगरि, उनले यसअघि राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सिइओ भएर काम गरिसकेको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया