logo

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरलाई सञ्चय कोषले राष्ट्र बैंकलाई पठायो पत्र 

    1368   पटक पढिएको

६ पुस/अर्थ र व्यापार – कर्मचारी सञ्चय कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोष सकारात्मक भएको प्रतिक्रिया दिएको छ । हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व रहेको कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोषको तर्फबाट कुनै अवरोध नभएको स्पष्ट पारेको हो ।
कोषले राष्ट्र बैंकलाई पत्र पठाउँदै कोष दुई बैंकको मर्जरमा आफु सकारात्मक रहेको प्रष्ट पारेको हो । कर्मचारी सञ्चय कोषका एक सञ्चालकका अनुसार कोषले हालसम्म बैंकहरुको मर्जर बारे कुनै अवरोध नगरेको र कोष मर्जरप्रति सकारात्मक रहेको भन्दै राष्ट्र बैंकलाई पत्र पठाएको हो ।
‘सञ्चय कोषले कहिल्यै पनि मर्जरको विपक्षमा बोलेको छैन, दुई बैंकको मर्जर नै होस् भन्ने हामी चाहन्छौं, तर, सञ्चयका कोषको लगानीको प्रतिफल र सुरक्षा हुनु पर्छ भन्ने हाम्रो भनाई हो, हामीले पहिले पनि मर्जर हुनु पर्छ भनेका थियौं, अहिले पनि भन्छौं,’ कोष स्रोतले भन्यो ।
राष्ट्र बैंकलाई पठाएको पत्रमा कोष दुई बैंकको मर्जरप्रति सकारात्मक भएको तर सञ्चयकर्ताको लगानी सुरक्षित र लगानी अनुसारको प्रतिफल हुनु पर्ने धारणा उल्लेख गरेको स्रोतको भनाई छ । 
यसअघि हिमालयन बैंकको अध्यक्षका रुपमा सञ्चय कोषको तर्फबाट तुलसी प्रसाद गौतम थिए । तर, गौतमलाई सरकारले कोषको प्रशासकबाट पदमुक्त गरेपछि बैंकको सञ्चालकको रुपमा कोषका कार्यवाहक प्रशासक जितेन्द्र धिताल छन् भने बैंकको अध्यक्ष्यमा प्रचण्डबहादुुर श्रेष्ठ रहेका छन् ।
श्रेष्ठ बैंकको अध्यक्षका रुपमा नियुक्त भएपछि बैंकको मर्जर प्रक्रियाले गति लिन सकेको थिएन । तर, आइतबार बसेको हिमालयन बैंकको संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरिसकेको छ । 
हिमालयन बैंकका सञ्चालक आशिष शर्माले आगामी बिहीबार हिमालयन बैंकको संचालक समितिको अर्काे बैठक बस्ने र सो बैठकले साधारणसभाको मिति तोक्ने बताए । उनका अनुसार अब दुई बैंकको मर्जर प्रक्रिया अगाडि बढ्नेछ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जानकालाग गत २० बैशाखमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।