logo

हिमालयन बैंक र इन्भेष्टमेन्टबैंकबीच मर्जरमा जाने निर्णय भयो, पुसभित्रै वार्षिक साधारण सभा हुने

    1390   पटक पढिएको

५ मंसिर/अर्थ र व्यापार – लामो समयको प्रयासपछि बल्ल हिमालयन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान तयार भएको छ । हिमालयन बैंकको आइतबार बसेकोृ सञ्चालक समितिले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने र त्यसका लागि यही पुसभित्रै वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । 
हिमालयन आफैले मर्जरका लागि इन्भेष्टमेन्टसँग कुरा अघि बढाए पनि पछि हिमालयनको सञ्चालक समितिका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठ र हालका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ (जो दाजुभाई पनि हुन) को समूहले मर्जरमा जान नदिन अवरोध गर्दै आएको थियो । 
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले मर्जरमा जानेसम्वन्धी निर्णय आइतबार सञ्चालक समितिबाट पास भएको बताए । उनले भने, ‘अब आगामी शुक्रबारसम्ममा वार्षिक साधारण सभाको मिति सार्वजनिक गर्छौं ।’
हिमालयन बैंकलेले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई वार्षिक प्रतिवेदन स्वीकृत गर्दा इन्भेष्मेन्ट बैंकसँग मर्जरमा गए मात्र पाउने शर्त राखेको थियो । 
इन्भेष्टमेन्टसँग मर्जरमा गएर मात्रै नगद लाभांश बाड्न पाउने शर्तका कारण र बहुमत सदस्यको समर्थनले इन्भेष्टमेन्टसँगै मर्जरमा जाने भनेर सञ्चालक समितिले स्वीकृति दिएको पनि जनाइएको छ । 
बैंकले अब नियमित साधारणसभा र इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्नको लागि साधारणसभा गर्नेछ । यस्तो सभा शुक्रबार मिति सार्वजनिक भएमा आउँदो पुस ३० गतेका लागि आव्हान हुनेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।