logo

हिमालयन बैंक र इन्भेष्टमेन्टबैंकबीच मर्जरमा जाने निर्णय भयो, पुसभित्रै वार्षिक साधारण सभा हुने

    1499   पटक पढिएको

५ मंसिर/अर्थ र व्यापार – लामो समयको प्रयासपछि बल्ल हिमालयन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान तयार भएको छ । हिमालयन बैंकको आइतबार बसेकोृ सञ्चालक समितिले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने र त्यसका लागि यही पुसभित्रै वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । 
हिमालयन आफैले मर्जरका लागि इन्भेष्टमेन्टसँग कुरा अघि बढाए पनि पछि हिमालयनको सञ्चालक समितिका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठ र हालका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ (जो दाजुभाई पनि हुन) को समूहले मर्जरमा जान नदिन अवरोध गर्दै आएको थियो । 
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले मर्जरमा जानेसम्वन्धी निर्णय आइतबार सञ्चालक समितिबाट पास भएको बताए । उनले भने, ‘अब आगामी शुक्रबारसम्ममा वार्षिक साधारण सभाको मिति सार्वजनिक गर्छौं ।’
हिमालयन बैंकलेले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई वार्षिक प्रतिवेदन स्वीकृत गर्दा इन्भेष्मेन्ट बैंकसँग मर्जरमा गए मात्र पाउने शर्त राखेको थियो । 
इन्भेष्टमेन्टसँग मर्जरमा गएर मात्रै नगद लाभांश बाड्न पाउने शर्तका कारण र बहुमत सदस्यको समर्थनले इन्भेष्टमेन्टसँगै मर्जरमा जाने भनेर सञ्चालक समितिले स्वीकृति दिएको पनि जनाइएको छ । 
बैंकले अब नियमित साधारणसभा र इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्नको लागि साधारणसभा गर्नेछ । यस्तो सभा शुक्रबार मिति सार्वजनिक भएमा आउँदो पुस ३० गतेका लागि आव्हान हुनेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।