२८ मंसिर /अर्थ र व्यापार – सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर प्रसाद कंडेल नियुक्त भएका छन् । सोमबार बैंकको बैंक केन्द्रीय कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न बैंक सञ्चालक समितिको ३८५ औं बैठकले कंडेललाई नयाँ सीईओ नियुक्त गगरेको हो । हाल बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका कंडेल कंडेललाई सोमबारदेखि नै लागू हुनेगरी आगामी चारवर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्ने निर्णय भएको सो बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिए ।
कंडेल यसअघि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका थिए । बैंकले गत साउनमा कंडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । बैंकका सीईओ शम्भुनाथ गौतमको कार्यकाल गत साउनमा समाप्त भएपछि बैंकमा सिइओको पद खाली थियो ।
तपाईको प्रतिक्रिया