logo

पुसमा निक्षेपको व्याजदर नबढाउने बैंकर्स संघको सहमति

    1086   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– वाणिज्य बैंकहरुले आगामी पुसमा निक्षेपको व्याज नबढाउने भएका छन् । बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनको शुक्रबार बसेको बैंठकले पुुस महिनाका लागि निक्षेपमा ब्याज नबढाउने सहमति गरेका हुन् ।
बैंकरहरुले तरलता संकट बढेसँगै निक्षेप संकलनका लागि भन्दै कात्तिक र मंसिरमा ब्याज बढाएका थिए । निक्षेपमा ब्याज बढाएपनि सोही अनुरुप निक्षेप संकलन नभएपछि पुस महिनाका लागि थप ब्याज नबढाउने निष्कर्ष निकालेका हुन् ।
यसअघि बैंकहरुले निक्षेपमा ब्याज बढाएपनि पुसका लागि नबढाउने सहमति भएको बैंकर्स संघका सदस्य तथा माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले जानकारी दिए । बैंठकका बाणिज्य बैंकका सीईओहरुले निक्षेपमा ब्याजदर नबढाउँदा नै उपयुक्त हुने राय दिएको बताउँदै निरौलाले भने, ‘अबका दिनमा विकास बैंक र फाइनान्स कम्पनीका सीईओहरुको संस्थासँग पनि राय माग्ने र सोही अनुरुप अघि बढ्ने सहमति भएको छ ।’
यसअघि बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ समितिको बैंठकमा तलरता अभावका कारण पुसमा बैंकको ब्याज बढ्न सक्ने बताएपनि बैंकर्स संघले भने निक्षेप नउठेको भन्दै थप ब्याज नबढाउने निष्कर्ष निकालेका हुन् । 
गत कात्तिकमा राष्ट्र बैंककले पुुसको लागि ९.३६ प्रतिशत आधारदर तोक्दै त्यसमा १० प्रतिशतसम्म निक्षेपमा ब्याज बढाएर उठाउन सक्ने व्यवस्था गरेको थियो । यस बैंठकमा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये २५ वटा बैंकका सीईओ तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।