logo

पुसमा निक्षेपको व्याजदर नबढाउने बैंकर्स संघको सहमति

    1200   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– वाणिज्य बैंकहरुले आगामी पुसमा निक्षेपको व्याज नबढाउने भएका छन् । बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनको शुक्रबार बसेको बैंठकले पुुस महिनाका लागि निक्षेपमा ब्याज नबढाउने सहमति गरेका हुन् ।
बैंकरहरुले तरलता संकट बढेसँगै निक्षेप संकलनका लागि भन्दै कात्तिक र मंसिरमा ब्याज बढाएका थिए । निक्षेपमा ब्याज बढाएपनि सोही अनुरुप निक्षेप संकलन नभएपछि पुस महिनाका लागि थप ब्याज नबढाउने निष्कर्ष निकालेका हुन् ।
यसअघि बैंकहरुले निक्षेपमा ब्याज बढाएपनि पुसका लागि नबढाउने सहमति भएको बैंकर्स संघका सदस्य तथा माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले जानकारी दिए । बैंठकका बाणिज्य बैंकका सीईओहरुले निक्षेपमा ब्याजदर नबढाउँदा नै उपयुक्त हुने राय दिएको बताउँदै निरौलाले भने, ‘अबका दिनमा विकास बैंक र फाइनान्स कम्पनीका सीईओहरुको संस्थासँग पनि राय माग्ने र सोही अनुरुप अघि बढ्ने सहमति भएको छ ।’
यसअघि बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ समितिको बैंठकमा तलरता अभावका कारण पुसमा बैंकको ब्याज बढ्न सक्ने बताएपनि बैंकर्स संघले भने निक्षेप नउठेको भन्दै थप ब्याज नबढाउने निष्कर्ष निकालेका हुन् । 
गत कात्तिकमा राष्ट्र बैंककले पुुसको लागि ९.३६ प्रतिशत आधारदर तोक्दै त्यसमा १० प्रतिशतसम्म निक्षेपमा ब्याज बढाएर उठाउन सक्ने व्यवस्था गरेको थियो । यस बैंठकमा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये २५ वटा बैंकका सीईओ तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।