logo

निक्षेप संकलन सुस्त भएपनि कर्जा लगानीमा आक्रमक बन्दै बैंकहरु

    1002   पटक पढिएको

२१ मंसिर /अर्थ र व्यापार– वाणिज्य बैंकहरुमा मंसिर तेस्रो साता यता निक्षेप थपिन थालेको छ । मंसिरको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप घटेकोमा तेस्रो सातामा भने ७ अर्ब थपिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनाको पहिलो साता वाणिज्य बैंकहरुबाट ८ अर्ब तथा दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तेस्रो सातामा आएर भने ७ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वका लागि बाहिरिएको रकम बैंकहरुमा आउन थालेपछि निक्षेपमा सुधार देखिएको हो ।
निक्षेप आउनेक्रम सुस्त भएपनि बैंकहरु कर्जा लगानीमा भने आक्रमक देखिएका छन । 
मंसिर तेस्रो साता ७ अर्ब निक्षेप बढाएका वाणिज्य बैंकहरुले १४ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले मंसिरको पहिलो साता ७ अर्ब तथा दोस्रो साता पनि १४ अर्ब कर्जा विस्तार गरेका थिए ।
बैंकिङ प्रणालीबाट निक्षेप झिकिने र नयाँ निक्षेप नथपिए पनि कर्जा प्रवाह भने जारी रहेको छ । यसले गर्दा बैंकहरुको कर्जा निक्षेप अनुपातमा चाप परेको देखिन्छ । अहिले वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८६ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार कर्जा निक्षेप अनुपात ९० भन्दा माथि जानु हुँदैन । तर, केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा सीमामा ल्याउने समयावधि दिएको छ । जसका लागि बैंकहरुले निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई केन्द्रीय बैंक समक्ष पेश गरि सोको कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।