logo

राष्ट्र बैंकले ३ अर्ब ५ करोड मुद्दती खातामा लगानी गर्ने

    980   पटक पढिएको

२० मंसिर / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५ करोड रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले तोकिएको सर्तहरुको पालना गर्दै सो रकम लिन चाहाने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
जसकालागि नेपाल राष्ट्र बैंकले आगामी १ पुस देखि २०७९ सालको २९ मंसिरसम्म एक वर्षको अवधिका लागि मुद्दती खातामा सो रकम लगानी गर्न लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २ अर्ब ४४ करोड, विकास बैंकहरुलाई ४५ करोड ७५ लाख र ग वर्गका संस्थाहरुलाई १५ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको जानकारी दिएको छ ।
सो निक्षेप रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदर सहितको आवेदन राष्ट्र बैंकमा बुझाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले आगामी २१ मंसिरको दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा निवेदन दिनुपर्नेछ ।
जसकालागि राष्ट्र बैंकले लगानी गर्न चाहेको रकम राख्नका लागि निक्षेप राख्ने संस्थाले तोकिएको सर्त पूरा भएको हुनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको संस्था मात्र यसका लागि योग्य हुनेछ । त्यसैगरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, निष्कृय कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्नेछ।

त्यसैगरि, निक्षेप लिने बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा परेको नपरेको हुनपर्ने सर्त सूचनामा तोकिएको छ । सो मुद्दती निक्षेपलाई केन्द्रीय बैंकले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ । राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर गोप्य रुपमा मागेको छ भने अधिकतम ब्याजदर कबोल गर्ने बैंक वित्तीय संस्था लगानीका लागि स्वीकृत गरिनेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।