logo

रिलायन्स फाईनान्स तेह्रौ बर्षमा प्रवेश

    1801   पटक पढिएको

१८ मंसिर / अर्थ र व्यापार- रिलायन्स फाईनान्स लिमिटेडले शनिवार बाह्रौं बर्ष पुरा गरि तेह्रौ बर्षमा प्रवेश गरेको छ । फाईनान्सले काठमाडौंको प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड काठमाडांै, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक,आरुघाट गोरखा, गोरखा बजार, चारआली झापा,दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रुपन्देही, भैरहवा रुपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँकेमा सहित २० वटा शाखा कार्यालयहरुले सेवा पु¥याउँदै आएको छ ।  

संस्थाको बार्षिकोत्सवको अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागी सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा शनिवार काठमाण्डौ जिल्ला, सलम्बुटार, साँखु, काठमाण्डौ स्थित द्धन्द पीडित तथा अपांङ्ग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिती भएका बालबालिकाहरुलाई आवश्यक पर्ने औषधी सामाग्रीहरु तथा संगम चोक बानेश्वरस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न वितरण गरेको छ । साथै बार्षिकोत्सबको अवसरमा संस्थाका सम्पूर्ण शाखा कार्यालयहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संघ–संस्थाहरुलाई सहयोग गरेका छन् । 

उक्त कार्यक्रममा रिलायन्स फाइनान्स लि.का अध्यक्ष कुश प्रसाद मल्ली, संचालकहरु सुरकृष्ण बैद्य, रवि कृष्ण श्रेष्ठ, उपेन्द्र बहादुर कार्की, तुल्सी प्रसाद बराल तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।