logo

गरिमा विकास बैंकको ऋणपत्र निष्काशन, ८.७५ प्रतिशत ब्याज पाइने

    1290   पटक पढिएको

१६ मंसिर/अर्थ र व्यापार – गरिमा विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले बिहीबारदेखि ७ वर्षे ‘गरिमा डिबेन्चर २०८५’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो जसमा वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने छ ।
निष्काशित ऋणपत्रमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ (जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ भने बाँकी ६० करोड रुपैँया बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने छ ।
गरिमा डिबेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि १ पुससम्म हुनेछ । बैंकको अनुसार लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । 
सो ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।