१३ मंसिर/अर्थ र व्यापार– महालक्ष्मी विकास बैंकले सेयरधनीहरुकालागि लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोसन २० प्रतिशत र १.०५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया