logo

विद्युतीय प्रणाली सुधारका लागि एडिबीले दियो थप ७ अर्ब ऋण 

    1098   पटक पढिएको

१० मंसिर / अर्थ र व्यापार – एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवं आधुनिकीकरणका लागि करिब ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराएको छ । 
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सो ऋण सहायता सम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरेका हुन ।
नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा यस ऋण सहयोग अर्को महत्वपूर्ण रहेको अर्थमन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार यो ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । 
यसैगरि, काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीमा महत्वपूर्ण मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगन्ज र मुलपानीमा अत्याधुनिक सबस्टेशन निर्माण गरिने छ । जसकालागि हाल त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले जनाएको छ । 
अर्थमन्त्रालयमा सम्पन्न भएको सो कार्यक्रममा अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतको माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आन्तरिक रूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरे ।
सो कार्यक्रममा एडिबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युत्को प्रसारणका अतिरिक्त गुणस्तरमासमेत वृद्धि हुने बताए । नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । काठमाडौँ उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडिबीले यसअघि नै ऋण सहायता उपलब्ध गराएको अर्थ मन्त्रालयले जानकारि दिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।