logo

नेपाल बैंकर्स संघको साधारणसभा २३ कात्तिकमा, आगामी अध्यक्ष को बन्दैछन ? 

    1119   पटक पढिएको


३ कात्तिक/ अर्थ र व्यापार – नेपाल बैंकर्स संघको साधारणसभा आगामी २३ कात्तिकमा हुने भएको छ । संघको आइतबार बसेको बैठकले सो दिन संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।  यस साधारणसभाले संघको २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । संघमा ९ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । जसमध्ये बरिष्ठ उपाध्यक्ष सहित ३ जना सदस्य अघिल्लो वर्ष मात्रै निर्वाचित भएकाले अब अध्यक्ष र पाँच जना सदस्य सहित जम्मा ६ जनाबीच मात्र निर्वाचित हुने छ ।  अघिल्लो वर्ष बरिष्ठ उपाध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय र सदस्यहरुमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोईराला र नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार डे निर्वाचित भएका थिए । 
संघमा बरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालको अध्यक्ष बन्ने नियम रहे पनि अघिल्लो कार्यकालदेखि सो नियम तोडिएको थियो । त्यसैले हाल बैंकरहरुबीच आगामी नेतृत्वकालागि संघमा नयाँ अध्यक्ष को हुन्छ भन्ने चासो सुरु भएको छ । यद्यपि अघिल्लो वर्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई भावी अध्यक्षको रुपमै बरिष्ठ उपाध्यक्षमा ल्याइएकोले उनैलाई अध्यक्षको प्रमुख दावेदारको रुपमा हेरिएको संघमा आवद्ध बैंकरहरुले बताएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।