logo

दशैं / तिहारमा बैंकरलाई जम्मा १२ दिन बिदा 

    1648   पटक पढिएको

२४ असोज / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुका लागि दशैं तथा तिहारको बिदाको व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि दशैं तथा तिहारमा गरि जम्मा १२ दिन बिदा दिने व्यवस्था गरेको हो ।
यसपाली राष्ट्र बैंकले गरेको व्यवस्थाका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले दशैंमा ६ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले असोज महिनामा घटस्थापनादेखि दशैंसम्म ६ दिन बिदाको व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले २१ असोजमा घटस्थापनाका दिन पाएको बिदासहित दशैंमा ६ दिन बिदाको समय तोकिएको छ । 
२६ असोजको दिन फुलपातिको दिनदेखि कर्मचारीले बिदा पाउनेछन् भने आगामी ३० असोजसम्म सो बिदा हुनेछ । आगामी ३१ असोजदेखि भने बैंक तथा वित्तीय संस्थाहरु खुल्नेछन् ।
यसैगरि, तिहारमा पनि बिदाको व्यवस्था गरेको छ । तिहारमा आगामी १८ देखि २१ कात्तिकसम्म कर्मचारीहरुले बिदा पाउनेछन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तिहारमा पनि ४ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले कर्मचारहरुका लागि छठ पर्वको बिदाको पनि व्यवस्था गरेको छ ।
आगामी २४ कात्तिकमा छठ पर्व र २५ कात्तिकमा फाल्गुनन्द जयन्तीको बिदा छट्याइएको छ । २५ कात्तिकको बिदा भने किँरात धर्ममा आस्था राख्ने कर्मचारीले मात्रै बिदा पाउनेछन् ।
राष्ट्र बैंकले सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरुको हकमा सम्बन्धित कर्मचारीहरुले स्वयंम घोषणा गरी सम्बन्धि विभाग, कार्यालय वा हाशाखामा अग्रिम जानकारी गराउनु पर्ने सूचनामा उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।