२० असोज / अर्थ र व्यापार – सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ । यस बैंकको अहिले चुक्ता पूँजी २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पूँजी ३ अर्ब रुपैयाँ हुने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया