logo

दशैंअघि किस्ता बुझाउन ऋणीलाई बैंक तथा वित्तीय संस्थाको ताकेता 

    947   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दशैं अघि नै ऋणको किस्ता तथा ब्याज तिर्नका लागि ताकेता गर्न थालेका छन् । दशैंकालागि आगामी २६ असोजदेखि ५ दिनको विदा शुरु हुन्छ ।
दशैं विदापछि असोज मसान्तको अन्तिम दिन ३१ असोजमा बैंक खुल्ने छ । बैंक तथा वित्तीय संस्थाले तीन महिना र एक महिनामा ऋणको किस्ता र ब्याज तिर्ने सत्रमा ऋण दिएका हुन्छन् । यो पटक दशैं असोज मसान्तमा रहेको हुँदा बैंक तथा वित्तीय संस्थाले असोजको दोस्रोसातादेखि नै ऋणीलाई किस्ता तिर्न यस्तो ताकेता गरेका हुन् । 
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ठूलादेखि साना सबैलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीले मिलेसम्म दशैं अगाडि नै किस्ता तिर्न अनुरोध गरेका छन् । व्यवसायीहरुका अनुसार कतिपय बैंक तथा वित्तीय संस्थाले दशैंको विदा अगाडि शुरु हुनु अघि जसरी भएपनि किस्ता तिर्नका लागि दबाब आएको बताउँछन् । व्यवसायीहरुले धेरैजसो समय ऋणको किस्ता र ब्याज तोकिएको अन्तिम दिनमात्रै दिने गर्छन् । 
आगामी असोज मसान्तसम्ममा आयकरको व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा कर तिनुपर्ने दबाब छ । ‘नियमित बैंकको ऋण तिरिरहेपनि दशैंअघि नै किस्ता तिर्नका लागि दबाब आएको छ, दशैंको विदा सकिएपछि अन्तिम दिन ३१ असोजमा तिर्दा हुने किस्ता दशैं अघि नै तिर्नका लागि फोन बढी आएको छ,’ एक व्यवसायीले भने ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु भने असोजको अन्तिम साता दशैंको विदा रहेको हुँदा खातामा पैसा भएका व्यवसायीलाई दशैं अगाडि किस्ता तिर्नका लागि अनुरोध गरेर फोन गरेको बताउँछन् । ‘हामीले ऋणीलाई महिना र त्रैमासको अन्तिममा किस्ता बुझाउने समय आयो भनेर फोन गर्ने गरेका छौं, यो पटक असोजको अन्तिम साता दशैंको विदा छ त्यसैले अहिलेदेखि नै पैसा छ भने तिर्नुहोस् भनेर फोन गरेको हो,’ एक बैंकका शाखा प्रबन्धकले भने ।
बैंक तथा वित्तीय संस्थाले दिएको ऋण पहिलो त्रैमासमा नउठेमा २५ प्रतिशत, दोस्रो त्रैमासमा नउठेमा ५० प्रतिशत र एक वर्षमा पनि नउठेमा शतप्रतिशत रकम प्रोभिजन गर्नुपर्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले अहिले ४७ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४३ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा दिएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।