logo

वाणिज्य बैंकहरूमा निक्षेपभन्दा कर्जा विस्तार तीन गुणा बढी

    972   पटक पढिएको

१२ असोज / अर्थ र व्यापार – वाणिज्य बैैंकरूमा पछिल्लो समय लगानीयोग्य रकम (तरलता) अभाव भइरहेको बेला बैंकहरूले भने निक्षेपभन्दा कर्जा नै बढाएर बसेका छन् । असोज पहिलो साताको तथ्यांका अनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन भदौ मसान्तको तुलनामा नौ अर्ब रुपैयाँले मात्रै बढेको छ ।
यो समयमा बैंकहरूको कर्जा प्रवाह भने ३१ अर्ब रुपैयाँले बढेको देखिएको छ । वाणिज्य बैंकहरूको यस्तो तथ्यांक अनुसार निक्षेपको तुलनामा कर्जा लगानी तीन गुणा भन्दा बढी पुगेको छ ।भदौ मसान्तमा वाणिज्य बैंकहरूले ४१ खर्ब ७१ अर्ब रुपैयाँ  निक्षेप संकलन गरेकोमा असोज पहिलो साता भने यस्तो निक्षेप संकलन ४१ खर्ब ८० अर्ब रुपैयाँ  पुगेको छ । यो अवधिमा बैंकहरूको कर्जा लगानी भने ३८ खर्ब ७२ अर्ब रुपयाँबाट ३९ खर्ब तीन अर्ब पुगेको पनि नेपाल बैंकर्स संघले उपलब्ध गराएको ८ असोज सम्मको तथ्यांकले देखाएको छ ।
वाणिज्य बैंकहरूमा चालू आर्थिक वर्ष लागेपछि घटेको निक्षेप भने अझै पूर्ति हुन सकेको छैन् । वाणिज्य बैंकहरूमा असार मसान्तमा ४२ खर्ब एक अर्ब रुपैयाँ रहेको निक्षेप असोज ८ सम्ममा आइपुग्दा ४१ अर्ब ८० अर्ब रुपैयाँ  पुगेको छ  । साउन मासान्तमा यस्तो निक्षेप ४१ खर्ब २३ खर्ब रुपैयाँ  पुगेको थियो भने भदौ मासान्तमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ  पुगको पनि तथ्यांकले देखाएको छ । 
असार मसान्तमा बैंकहरूको कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ  थियो । यस्तो कर्जा लगानी साउन मसान्तमा ३७खर्ब ६४ अर्ब र भदौ मसान्तमा ३८ खर्ब ७२ अर्ब रुपैयाँ  पुगेको पनि तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।