logo

बैंकर्स संघको निर्वाचन कात्तिकमा 

साधारणसभाबाट अध्यक्ष नयाँ आउने, पाँच सदस्यको निर्वाचन हुने

    1337   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्वाचन आगामी कात्तिकमा हुने भएको छ । निर्वाचनसँगै हुने वार्षिक साधारणसभाले अध्यक्षसहित ६ जना सदस्यहरुको निर्वाचन गर्ने छ ।
संघले कात्तिक अन्तिममा साधारणसभा गर्ने टुङ्गो गरेको छ । अध्यक्ष भुवन दहालको २ बर्षे कार्यकाल पुरा हुँदैछ । त्यसैले आगामी साधारणसभाले नयाँ अध्यक्ष छनोट गर्ने छ । संघका बहालवाला उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने चलन चार बर्षयता चल्न थालेको छ । अहिले उपाध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय छन्। उनलाई नै स्वत अध्यक्ष बनाउनु पर्छ भन्ने एकथरी छन् ।
तर, सरकारी बैंकले समग्र बैंकहरुको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निजी क्षेत्रबाटै अध्यक्ष बनाउनुपर्छ भन्ने मत पनि अघि आएको छ । यसअघि भारतीय लगानीको नेपाल एसबीआइ बैकका प्रमुख कार्यकारी उपाध्यक्ष हुँदा उनले समग्र नेपाली बैंकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै कार्यसमितिमा नभएका दहाललाई अध्यक्ष बनाइएको थियो।
संघको सदस्यका रुपमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको दुई बर्षका दरले दुई कार्यकाल पुरा भइसकेको छ । एउटै पदमा दुई कार्यकालभन्दा बढि बस्न नपाउने ब्यवस्थाका कारण यसमा निर्वाचन हुने छ । यसबाहेक सनराइज बैंकको प्रमुख कार्यकारीबाट बाहिरिएपछि जनक शर्मा पौडेलको सदस्य पद रिक्त छ । यो पदमा पनि निर्वाचन हुने छ।
नेपाल बैंकका कृष्णबहादुर अधिकारी, मेगा बैंककी अनुपमा खुँजेली र एनएमबि बैंकका सुनिल केसीको एक कार्यकाल पुरा भएको छ । उनीहरुले अर्को एक कार्यकाल दोहो¥याउन सक्छन् । त्यसो हुँदा पनि यो पदमा निर्वाचन हुने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।