logo

माछापुच्छ्रे बैंकको बम्पर अफर

    1096   पटक पढिएको

१० असोज / अर्थ र व्यापार – माछापुच्छ्रे बैंकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर यही शुक्रबारदेखि आगामी १७ असोजसम्मका लागि लागू भएको सो बैंकले जनाएको छ । 
जसअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ईकमर्स साइटमा कार्डबाट कम्तीमा तीनवटा कारोबार गरी दैनिक २ सय १० रुपैयाँसम्म र अफर अवधिभर अधिकतम २ हजार १ सयसम्मको क्यास ब्याक पाउन सक्नेछन् । क्यास ब्याकको अतिरिक्त ग्राहकले दैनिक आकर्षक उपहार पनि जित्न सक्ने सो बैंकले जनाएको छ ।  आकर्षक उपहारमा अल्काटेलको ट्याब्लेट, सीजीको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्याँस स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेस्टुरेन्टहरूबाट प्रि गिफ्ट कुपन ट्राभल प्याकेज, फुडमान्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेटलगायत थुप्रै उपहार रहेका छन् ।
यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जीभी साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचर जित्न सकिनेछ । कार्टोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेट र दारजबाट खरिद गर्दा ४ सय १० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।
डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकमध्ये एक जनाले मेगा बम्पर उपहारस्वरूप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने सो बैंकले जनाएको छ । माछापुच्छ«े बैंक आगामी  १७ असोजबाट २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गर्दै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।