logo

अब बैंक/वित्तीय संस्थाले कोरोना प्रभावितलाई दिएको कर्जाको विवरण वार्षिक प्रतिवेदनमा खुलाउनुपर्ने

    943   पटक पढिएको


८ असोज /अर्थ र व्यापार – अब बैंक/वित्तीय संस्थाले कोरोना प्रभावितलाई दिएको कर्जाको विवरण समेत वार्षिक प्रतिवेदनमा खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कोरोनाका कारण प्रभावित भएका उद्योगी व्यवसायीलाई दिएको कर्जाको विवरण समेत आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले गरेको यस नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारसभा तथा लाभासं वितरण प्रयोजनका लागि तयार गरेको वित्तीय विवरणमा छुट्टै शिर्षकमा यस्तो उल्लेख गर्न निर्देशन दिएको छ । 
राष्ट्र बैंकले कोरोनका प्रभावितका लागि दिएको पुनरकर्जा, व्यासाय निरन्तरता कर्जा तथा सहुलीयपुर्ण कर्जाको विवरण समेत समावेश गर्नु पर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि २०७७ लाई संशोधन गर्दै गत आर्थिक वर्ष २०७७ / ०७८ को लाभांश वितरण गर्नका लागि गत १५ भदौसम्म संकलन भएको ब्याज आम्दानीलाई पनि गणना गर्न पाउने व्यवस्था गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।