logo

राष्ट्र बैंकले दसैं अघि नै बाँड्न थाल्यो नयाँ नोट

    1063   पटक पढिएको

२७ भाद्र/ अर्थ र व्यापार–कोरोना महामारिको जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आगामी २१ असोजमा पर्ने घटस्थापनाको दिन बाट सुरु हुने दसैंका लागि अहिले देखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ । आगामी दसैं सुरु हुने घटस्थापनाको दिन भन्दा करिब एक महनिा अघि गत साता देखि नै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई दसैंको नयाँ नोट उपलब्ध गराउन थालेको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमबाट बच्न र एकैपटक हुने भिडभाडको डरले राष्ट्र बैंकले यसपाली दसैं लाग्नुभन्दा करिब एक महिना अघिदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई दसैंको नयाँ नोट उपलब्ध गराएको हो । 
यसअघि राष्ट्र बैंकले घटस्थापनाको दिनबाट सुरु हुने नौरथा लागेपछि मात्र नयाँ नोट उपलब्ध गराउँदै आएको थियो । कोरोना महामारिकै कारण गत वर्षको दसैंमा त नयाँ नोट नसाट्ने व्यवस्था सहितको निर्णय राष्ट्र बैंकले गरेको थियो । यसपाली भने राष्ट्र बैंकले भिडभाड नहोस् भनेर बेलैमा बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन थालेको जनाएको छ । 
जसका कारण अहिलेदेखि नै विभिन्न बैंक तथा वित्तीय संस्थाले दसैंकालागि नयाँ नोट मौज्दात गरेर राखेका छन् । सर्वसाधारणकालागि औपचारिक वितरण भने आगामी २१ असोजमा पर्ने घटस्थापनाको दिनदेखि गर्ने छन्। यद्यपी माग्न आउने आफ्ना नियमित ग्राहकलाई भने अहिले पनि नयाँ नोट उपलब्ध गराइरहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यसपाली अधिकांस नोट नयाँ नै वितरण गरिदिएको छ । विगतका वर्षहरुमा  सुकिलो (एक÷दुई पटक प्रयोग भएको) नोट पनि वितरण गरेको थियो। यसपालीको दसैंकालागि राष्ट्र बैंकले वाणिज्य बैंकहरुको एउटा शाखालाई कम्तिमा ५ करोड रुपैयाँ बराबरका दरले नयाँ नोट उपलब्ध गराएको बताएको छ । यसैगरि, विकास बैंकहरुलाई ४ करोड र फाइनान्सलाई २ करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराएको छ ।
दसैंकाबेला एक्कासी बढ्ने भिड र कोरोना संक्रमणका कारण यसपाली बेलैमा नयाँ नोट उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ ।  हाल संक्रमणदर कम भयो भनेर सरकारले निषेधाज्ञा हटाए पनि कोरोना संक्रमण हुने जोखिम कायमै छ । यस्तो अवस्थामा राष्ट्र बैंकले वितरण गर्ने र बैंकहरुले साट्ने समय उस्तै उस्तै पर्छ भनेर यसपाली बेलैमा ब्यवस्थापन गरिएको हो। यसपाली राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाटै नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यसअघि राष्ट्र बैंकको थापाथलीस्थित आफ्नो कार्यालयका साथै देशभरका क्षेत्रीय कार्यालयबाट पनि दसैंका नयाँ नोट सटही गर्ने गर्दथ्यो । अब भने बैंक तथा वित्तीय संस्थाबाटै सहज रुपमा नयाँ नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ । 
यसपालीको दसैंकालागि राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट बैंक तथा वित्तिय संस्थाहरुलाई उपलब्ध गराएको हो। आगामी दसैंकालागि अब बैंकहरुले प्रति ग्राहक एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट सटही सुविधा उपलब्ध गराउन सक्ने पनि राष्ट्र बैंकले सम्बन्धीत सरोकारवालाहरुलाई जानकारि गराएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।