२५ भाद्र / अर्थ र व्यापार– गरिमा विकास बैंक र द एभरेष्ट होटलबीच सम्झौता भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित पाँचतारे होटल ‘द एभरेष्ट होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुट दिनेगरी बैंकसँग यस्तो सम्झौता भएको हो ।
यस सम्झौता अनुसार अब गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिशतसम्म छुट पाउने छन् । यो बैंकका ग्राहकका लागि निकै राम्रो अवसर भएको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया