२३ भाद्र/अर्थ र व्यापार – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । सो कम्पनीले १० करोड २८ लाख १९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको हो ।
जसकालागि नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांशमा सर्तहरु तोकेको छ । राष्ट्र बैंकका अनुसार २० प्रतिशत भन्दा बढि लाभांस दिनु परेमा जति बढि हो त्यसको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नु पर्छ । सोही अनुसार स्वरोजगारले पनि ५ प्रतिशत बढिको आधा रकम जगेडा कोषमा जम्मा गरेर मात्र बोनस सेयर दिन पाउने छ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४१ करोड १२ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी ५१ करोड रुपैयाँ नाघ्ने छ । अघिल्लो वर्ष कम्पनीले १३.०४ प्रतिशत लाभांस दिएको थियो। यसअघि सो कम्पनीले ४७ प्रतिशतसम्म लाभांस दिएको थियो । हालसम्म जस्तोसुकै समस्याको आर्थिक वर्षमा पनि कम्तिमा १३ प्रतिशत दिएको सो कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्ष १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यसको जगेडा कोषमा २० करोड ७३ लाख रुपैयाँ जम्मा भएको सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया