२३ भाद्र /अर्थ र व्यापार– नबिल इन्भेष्टमेन्ट फण्ड अन्तर्गतका दुई फरक स्किम ‘नबिल ब्यलेन्स फण्ड–२ र नबिल इक्विटी फण्ड’ले ७९ करोड २० लाख रुपैयाँ इकाइ बाँड्ने भएको छ ।
यि दुवै स्किमहरु नबिल ब्यालेन्स फण्ड–२ र नबिल इक्विटी फण्डले लाभांश बाँड्ने घोषणा गरेका हुन्। नबिल इक्विटी फण्डले गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांश घोषणा गरेको छ । जसबापत इकाइधनीले ५० करोड रुपैयाँ पाउने छन् ।
यसैगरि, नबिल ब्यालेन्स फण्ड–२ अन्तर्गतको योजनाले गत वर्षको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । यसबापत कम्पनीले ३९ करोड २० लाख रुपैयाँ लाभांश इकाइधनीलाई वितरण गर्ने छ । यो लाभांश करसहित भएको र इकाइधनी दर्ता पुस्तिका बन्द हुने मिति कम्पनीले पछि तय गर्ने पनि सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया